बागमती प्रदेशभर एमालेको दिप प्रज्वलन

Bagmati

ललितपुर: नेकपा (एमाले) वागमती प्रदेश मातहका जिल्लाहरुले बिहिवार साँझ संविधान दिवश तथा राष्ट्रिय दिवश २०८१ को उपलक्ष्यमा राष्ट्रिय झण्डा फहराउँदै दिप प्रज्वलन गरेको छ ।
नेकपा एमाले प्रचार विभाग प्रमुख भक्तकुमारी लामाका अनुसार नेकपा एमाले काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुली, धादिङ, रसुवा, नुवाकोट, काभ्रे, रामेछाप र चितवन जिल्ला पार्टीको आयोजनामा दिप प्रज्वल गरिएको हो
सिन्धुलीको जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाले दिप प्रज्वलन गर्नुभएको थियो । दिप प्रज्वलनपछि वोल्दै उहाँले बलिदानीबाट प्राप्त संविधानको सबैले संरक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कमलजंग राई, उमा कोइराला र सुवास देवकोटा, जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठ, उपाध्यक्ष कणर् घिसिङलगायतको सहभगिता रहेको थियो ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]